×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

Artha Sarokar

२७ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालते अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलाशले रविलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरी स्रोतका अनुसार रविलाई आज अन्तिम पटक म्याद थप गरिएको हो । अर्कोपटक अदालतमा उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

यसो त आज प्रहरीले रवि लामिछानेलाई अझै ९ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । तर, अदालतले लामो बहसपछि रविलाई पाँच दिन मात्रै हिरासतमा राख्न अनुमति प्रदान गरेको हो ।

सहकारी ठगी प्रकरणमा रविलाई गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा रविविरुद्ध कास्की, रुपन्देही, चितवन, काठमाडौँ र पर्सामा बयान लिइसकिएको छ । रविमाथिको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी