काठमाडौँ । उच्च अदालत पाटनले सबै करदातालाई पुष मसान्तसम्म म्याद थप गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलाशले यस्तो आदेश दिएको हो ।
आन्तरिक राजस्व विभागले २५ करोड रुपैयाँभन्दा कम कारोबार हुने कम्पनीहरुको आय/व्यव विवरण बुझाउने म्याद मंसिर मसान्तसम्म मात्र हुने बताएपछि अदालतमा सो सूचना खारेज गरिपाउँ भनि रिट परेको थियो ।
अधिवक्ता सृजना अधिकारी, चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेती र नेपाल ट्याक्सफेयर सोसाइटीले संयुक्त रुपमा नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
सोमबार तोकिएको पेशीमा भएको बहसपछि अदालतले तत्काल सो निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ भने विपक्षीहरुलाई अदालतमासमेत बोलाएको छ । योसँगै अब २५ करोड रुपैयाँभन्दा तल कारोबार भएका कम्पनीहरुलाई मंसिर मसान्तभित्रै लेखापरीक्षण गर्नुपर्ने दबाब हटेको छ । अर्थात, त्यस्ता कम्पनीहरुले पुष मसान्तसम्म नै म्याद थप गर्न पाउने भएका छन् ।
अधिवक्ता अधिकारी विगत लामो समयदेखि नेपाली करदाताको पक्षमा पैरवी गर्दै आएकी छिन् भने चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेति कर सम्बन्धी पुस्तकका लेखकसमेत हुन् ।
यता अदालतको फैसलापछि नेपाल ट्याक्सफेयर सोसाइटीका अध्यक्ष सिए टिका कार्कीले करदाताका पक्षमा अदालतबाट भएको आदेश स्वागतयोग्य भएको बताएका छन् । ‘करदाताको हरेक सुखदुःखमा नेपाल ट्याक्सफेयर सोसाइटी अडिग छ । यसपटक हामीले करदातालाई न्याय दिलाउन सहयोग गरेकोमा सोसाइटी गर्भवान्वित छ ।’, अध्यक्ष कार्कीले अर्थ सरोकारसँग भने, ‘नेपाल ट्याक्सफेयर सोसाइटी आगामी दिनमा पनि करदाताकै पक्षमा रहनेछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्