×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घीनलाग्दो संयोगः बैंकले प्रायोजन गरेको टिम नै एनपिएलमा जुवा प्रचार गर्दै !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घीनलाग्दो संयोगः बैंकले प्रायोजन गरेको टिम नै एनपिएलमा जुवा प्रचार गर्दै !  

Artha Sarokar

१९ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंसिर १५ गतेदेखि नेपालमा क्रिकेटको ‘महामहोत्सव’ नेपाल क्रिकेट प्रिमियर लिग (एनपिएल) सुरु भएको छ । तर, एनपिएलमा सहभागी टिम भने नेपालमा बर्जित अनलाइन जुवाको खुलेयाम प्रचारमा लागेका छन् । 

एनपिएलमा प्रतिष्ठित बैंकहरुले नै प्रायोजन गरेका टिमले खुलेयाम नेपालको कानूनविपरीत जुवाको प्रचार गरेपछि अहिले यो विषय चर्चामा छ । 

एनपिएलमा सर्वाधिक चर्चा बटुलेको सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सीमै अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरेको छ । सुदूरपश्चिम रोयल्सले जर्सीको पछिल्लो भागमा ‘बाबु ८८ स्पोर्टस्’को लोगो प्रिन्ट छ । जुन पूर्ण रुपमा अनलाई सट्टेबाजीसँग सम्बन्धित छ । भन्दा ‘बाबु ८८ स्पोर्टस्’लाई च्यानल भनिए पनि यसको वेबसाइट हेर्दा त्यहाँ बेटिङ अप्सन र भुक्तानीका विकल्प सहजै भेटिन्छन् । यसले ‘बाबु ८८ स्पोर्टस्’ अनलाइन सट्टेबाजी प्लेटफर्म हो भन्ने पुष्टि गर्छ । 

यसो त ‘बाबु ८८ स्पोर्टस्’को वेबसाइटमार्फत सहजै अकाउन्ट बनाउन सकिन्छ । जसमार्फत युजरले एनपिएलमा भइरहेका खेलका आधारमा अनलाइन बाजी लगाउँछन् । युजरलाई अनलाइन जुवा खेल्न भुक्तानी गर्नका लागि लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक र ग्लोबल आइएमई बैंकमा विभिन्न व्यवसायका नाममा रहेका बैंक खाताहरु उपलब्ध गराइएका छन् । 

बैंक बाहेक भुक्तानीका लागि कनेक्ट आइपिएस, इसेवा र खल्ती लगायतका डिजिटल वालेटको पनि प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यता सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गरेको ‘बाबु ८८ स्पोर्टस्’लाई टिमले कुन प्लेटफर्मका रुपमा चिनाएको छ भन्ने पनि खुलाएको छैन । अर्थात, सुदूरपश्चिम रोयल्सले आफ्नो प्रायोजकमा ‘बाबु ८८ स्पोर्टस्’ रहेको विषय लुकाउन खोजेको देखिन्छ । ‘बाबु ८८ स्पोर्टस्’ अनलाइन सट्टेबाजी प्लेटफर्म हो भन्ने कुरा स्वयम् ‘बाबु ८८ स्पोर्टस्’को वेबसाइमा उल्लेख छ । जहा लेखिएको छ, ‘बाबु ८८ नेपालको प्रिमियर अनलाइन क्यासिनो हो ।’ सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक हो । 

विराटनगर किङ्गसपनि जुवाको प्रचारमा 
अकोतर्फ एभरेष्ट बैंकले प्रायोजन गरेको विराटनगर किङ्गस पनि एनपिएलमा खुलेयाम अनलाइन जुवाको प्रचारमा उत्रिएको छ । विराटनगर किङ्सले ‘बिजे स्पोर्टस्’ भन्दै ‘बिजे ८८’ को प्रचार गरेको छ । ‘बिजे ८८’ अनलाइन सट्टेबाजी प्लेटफर्म हो । जुन नेपालमा पूर्ण रुपमा बर्जित छ । 

विराटनगर किङस्को जर्सीमा प्रिन्ट गरिएको ‘बिजे स्पोर्टस्’मार्फत ‘बिजे ८८’ नामक अनलाइन सट्टेबाजी प्लेटफर्ममा सहजै पुग्न सकिन्छ । जसमा नेपालको लोकेसन छानेर अकाउन्ट बनाउन र नेपालमा प्रयोगमा रहेका डिजिटल वालेरबैंक खाताबाट भुक्तानी गर्न सकिन्छ । 

अझ एनपिएलको दोस्रो दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एनपिएलमा गैरकानूनी सट्टेबाजी खेलाउने चार जनालाई पक्राउ गरिरहँदा सोही खेलमा सहभागी टिमले खुलेयाम अनलाइन सट्टेबाजीको प्रचार गरेपछि एनपिएलको आयोजकमाथि नै शंका उत्पन्न भएको छ । त्यतिमात्र होइन, अनलाइन सट्टेबाजीको प्रचारमा स्यवम् आयोजक नै संलग्न रहेको आरोप लाग्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी