×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा र फोनपेको माउ कम्पनी एफवान सफ्ट नै असुरक्षित !, ह्याकरले करोडौँ चोरे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इसेवा र फोनपेको माउ कम्पनी एफवान सफ्ट नै असुरक्षित !, ह्याकरले करोडौँ चोरे

Artha Sarokar

५ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवा र फोनपेजस्ता चर्चित डिजिटल वालेट सञ्चालन गर्ने एफवान सफ्टको बैंक खाता ह्याक गरेर करोडौँ रकम चोरी भएको पाइएको छ । कम्पनीको अनलाइन बैंकिङ प्रणाली नै ह्याक गरेर ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको पाइएको हो ।

ह्याकरले कम्पनीको सिटिजन्स बैंकमा रहेको खातामा भएको रकम पटकपटक गरी चोरी गरेको देखिएको छ । हाल उक्त प्रकरणमा प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार कम्पनीको खाताबाट अनलाइन बैंकिङ ह्याक गरेर नेपालमै रहेका विभिन्न व्यक्तिहरुको खातामा ट्रान्सफर गरिएको देखिन्छ । केहीको भने टिकटबापतको रकमसमेत भुक्तानी गरेको देखिएको छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा रहेकाहरुसँग हुण्डीको कारोबार मिलाउन नेपाली खातामा पैसा हालिएको देखिएको छ । यसले बैंकिङ प्रणाली नै ह्याक गरेर भएको उक्त चोरीमा विदेशी गिरोह सक्रिय रहेको प्रहरीले आशंका गरेको छ । हाल सोही विषयलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैंक खाता कसरी ह्याक भयो ? भन्ने विषय अहिलेसम्म पनि पत्ता नलागेको प्रहरी स्रोतले बताएको छ । हाल उक्त विषयमा साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

एफवान सफ्ट सफ्टवेयर तथा प्रविधि विकाक गर्ने र बिक्रीवितरण गर्ने कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी