×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका तत्कालिन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका तत्कालिन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

Artha Sarokar

३० मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालिन उपप्रबन्धक शशिकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरी वृत स्वयम्भूको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

नेपाल बैंकमा कार्यरत रहँदा श्रेष्ठले विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हजार ७८४ हानिनोक्सानी गरी भ्रष्टाचार‌को कसुर अपराध गरेको ठहर भएको थियो । उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो ।

२०६८ साल भदौ ६ गते विशेष अदालत काठमाडौँले श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो भने २०७३ साल कार्तिक २५ गते सर्वोच्चले उक्त फैसला सदर गरेको थियो ।

पक्राउ परेका श्रेष्ठलाई फैस‌ला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने भएको छ । अदालत‌मा पेश गरेपछि उनी फैसला कार्यान्वयन‌को लागि कारागार बस्नुपर्नेछ ।

उक्त मुद्दामा दोषी ठहर भएका अन्य व्यक्तिको पनि फैसला कार्यान्वयन बाँकी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी