Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्त ९औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा बृद्धाश्रमलाई सहयोग

अर्थ सरोकार

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले मंसिर २४ गते आफ्नो आठौं वार्षिकोत्सव मनाएको हो ।

आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बिच बृद्धाश्रम संचालक समितिका अध्यक्ष विश्वराज लामिछाने मार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गर्नुभयो ।

वित्तीय संस्थाले विगत लामो समय देखि सोहि बृद्धाश्रममा आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको लघुवित्तले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३३,८३३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK