×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘केपी ओलीले भनेका व्यक्तिलाई बोर्ड अध्यक्ष नबनाउँदा सरकार ढल्यो’- पूर्व अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘केपी ओलीले भनेका व्यक्तिलाई बोर्ड अध्यक्ष नबनाउँदा सरकार ढल्यो’- पूर्व अर्थमन्त्री

Artha Sarokar

१६ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकै विषयलाई लिएर सरकार ढालिएको आरोप लगाएका छन् । रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । 

उनले धितोपत्र बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको व्यक्तिलाई नियुक्त नगर्दा सरकार ढलेको बताएका छन् । 

त्यस्तै, पुनले त्यसबेला प्रधानमन्त्री ओलीले धितोपत्र बोर्डमा आफूले भनेको व्यक्ति नियुक्त नगरेकै कारण सरकार ढलेको टिप्पणी गर्दै अहिले बिचौलियाकै डिजाइनमा तिनै व्यक्तिलाई बोर्डमा नियुक्त गरिएको आरोप लगाएका छन् । 

यतिसम्म कि पुनले वर्तमान सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरुको स्वार्थमा मात्रै काम गरेको पनि आरोप लगाएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी