काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका प्रदेश उपाध्यक्ष तेज नारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।
सो कार्यक्रममा प्रदेशहरुको संरचनालाई कसरी अगाडी बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा, खुल्ला वोर्डरले पारेको समस्याहरुको सम्बन्धमा, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरु विचको समस्याका सम्बन्धमा, हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्टसहरुको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरुका सम्बन्धमा र चितवन अटोमोवाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरुमा क्रमबद्ध रुपमा छलफल भएको थियो ।
कार्यक्रमको अन्त्यमा नाडाका निबर्तमान अध्यक्ष डा. धुर्ब थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए ।
सो कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. धुर्ब थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दिपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ्ग अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी चितवन अटोमोवाइल्स एशोसिएशनका तर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दिपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो ।
त्यस्तै चितवन अटोमोवाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कूल ३९ जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम संञ्चालन केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले गरेका थिए ।
यस किसिमका कार्यक्रहरुले नाडा र नाडा प्रदेश एशोसिएशनहरुबिचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउदा दिनहरुमा पनि गर्दै जाने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्