×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनपिएलमा बेटिङ गरेको आरोपमा प्रहरीले फेरि खुद्रेलाई मात्र समात्यो, भिआईपीलाई छुनै सकेन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनपिएलमा बेटिङ गरेको आरोपमा प्रहरीले फेरि खुद्रेलाई मात्र समात्यो, भिआईपीलाई छुनै सकेन !

Artha Sarokar

२० मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अनलाइन सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह रहेका छन् । उनीहरुलाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

सीआईबीले यसअघि सोमबार दुई र मंगलबार दुई गरी चार जनालाई सट्टेबाजी गराएको आरोपमा पक्राउ गरेको थियो । उनीहरुले नेपालमा पूर्ण रुपमा बर्जित अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको पाइएको सीआईबीले जनाएको छ ।

यसो त एनपीएलमा खुलेयाम भइरहेको सट्टेबाजीमा एनपीएलकै आयोजकको मिलेमतो भएको चर्चा चलिरहेको छ । अझ एनपीएलमा सहभागी भएका टिमहरुले त जर्सीमै कानूनविपरीत अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरिरहेका छन् । तर, यति हुँदा पनि प्रहरी सट्टेबाजीमा संलग्न भीआईपीहरुसम्म पुग्न नसकेको आरोप लागिरहेको छ । यद्यपि प्रहरीले एनपीएलमा भइरहेको सट्टेबाजीको विषयमा गहन रुपमा प्रहरीले अनुसन्धान र संलग्नलाई पक्राउ गर्ने काम गरिरहेको बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी