×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड सिमेन्टद्वारा धुनिवेशीमा तीन महिने सिलाई कार्यक्रम आयोजना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युनाइटेड सिमेन्टद्वारा धुनिवेशीमा तीन महिने सिलाई कार्यक्रम आयोजना

Artha Sarokar

१८ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा ५१ जना स्थानिय महिलाहरूका लागि तीन महिने सिलाई-कटाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु हो।

कार्यक्रमको उद्धघाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि उप्रेतीले कम्पनीले जहिलेपनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताएका छन् ।

सोहि अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी