×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटमा पोखरा फाइनान्स, वित्तीय अवस्था झनझन् बिग्रिएपछि सुधारात्मक कारवाही गर्ने तयारीमा राष्ट्र बैंक !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संकटमा पोखरा फाइनान्स, वित्तीय अवस्था झनझन् बिग्रिएपछि सुधारात्मक कारवाही गर्ने तयारीमा राष्ट्र बैंक !

Artha Sarokar

१५ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरा फाइनान्स संकटग्रस्त अवस्थामा पुगेको पाइएको छ । राष्ट्र बैंकले गरेको स्थलगत सुपरीवेक्षणका क्रममा फाइनान्सको वित्तीय अवस्था खराब रहेको पाइएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार फाइनान्समा कम धितोमा धेरै ऋण प्रवाह भएको, करोडौँ ऋण उठ्न बाँकी रहेको र ठूलो ऋण नउठ्ने जोखिम रहेको पाइएको छ । समग्रमा फाइनान्सको वित्तीय अवस्था झनझन् खस्किँदै गएपछि कम्पनीलाई राष्ट्र बैंकले सुधारात्मक कारवाही गर्ने तयारी थालेको पनि स्रोतले बताएको छ ।

यता पोखरा फाइनान्सले पनि राष्ट्र बैंकले २०८० पुषमा स्थलगत निरीक्षण गरेका र सुधारका लागि आवश्यक निर्देशन दिएको स्वीकारेको छ ।

फाइनान्स एक उच्च अधिकारीका अनुसार स्थलगत निरीक्षणका क्रममा फाइनान्सको खराब कर्जाले सीमा नाघेको देखिएपछि राष्ट्र बैंकले ऋण असुलीमा ध्यान दिन निर्देशन दिएको थियो । हाल फाइनान्सले राष्ट्र बैंकको निर्देशन अनुसार नै काम गरिरहेको ती अधिकारीले दाबी गरे ।

तर, सुध्रिनुको साटो फाइनान्सको वित्तीय अवस्था झन् बिग्रिएपछि सुधारात्मक कारवाहीको तयारी भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ । पछिल्लो ९ महिनामा मात्रै फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले बढेको देखिन्छ । जुन तथ्य स्वयम् फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरण उल्लेख छ । यसो त कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ९० लाख रुपैयाँ घाटामा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी