×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

Artha Sarokar

२७ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको रु. ९८ करोड बराबरको आइपीओ निष्काशन गर्ने भएको हो ।

प्रभु ग्रुप्स एण्ड कम्पनी अन्तर्गतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबीच सेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

कम्पनीको आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।

यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी