काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सा लैजाने तयारी गरिएको छ ।
पर्साको सानो पाइला सहकारीमा पनि रकम हिनामिना गरेको भन्दै लामिछानेविरुद्ध सहकारीका बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा लामिछानेविरुद्ध पर्सा पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि रविलाई कास्कीबाट पर्सा लैजाने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ । यद्यपि सयम भने निश्चित नभएको स्रोतको भनाई छ ।
यता सोही पक्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने आइतबार राती सडकमार्ग हुँदै पोखराबाट पर्सा पुर्याइएको छ । उनीहरुको आज (सोमबार) सरकारी वकिल कार्यालयमा बयान लिइनेछ । त्यसप्रश्चात पुनः पोखरा फर्काइनेछ । त्यसपछि रविलाई पर्सा लगिने तयारी प्रहरीले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्