काठमाडौँ । सिद्धार्थ बैंकका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैंकको धनुषास्थित जनकपुर शाखाका ब्रान्च मेनेजर अरन बल्मप्याकी र कर्जा अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ऋणीसँग विवाद भएपछि प्रहरीले बैंकको जनकपुर शाखाका शाखा प्रबन्धक (ब्रान्च मेनेजर) र कर्जा अधिकृतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘बैंकले जग्गा लिलाम गरेपछि ऋणीपक्ष बैंक पुगेका रहेछन् । बैंक र ऋणी पक्षबीच विवाद हुँदा ऋणीपक्षले बैंकमा होहल्ला गर्न थालेपछि हामीलाई खबर आएको हो ।’, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक संजिव कुमार यादवले अर्थ सरोकारसँग भने, ‘हामीले बैंकका कर्मचारीलाई सुरक्षाको लागि नियन्त्रणमा लिएका हौँ ।’
बैंकका एक कर्मचारीले पनि ऋणी पक्षले एक्कासी आएर बैंक घेराउ गरेर तोडफोड गर्ने र कर्मचारीमाथि हातपात गर्ने परिस्थिति सृजना भएपछि प्रहरीले ब्रान्च मेनेजर र कर्जा अधिकृतलाई नियन्त्रणमा लिएको बताएका छन् ।
यता ऋणी पक्षले भने ब्राच मेनेजरले आफूहरुको जानकारीबिनै ८ धुर जग्गा लिलाम गरेपछि प्रहरीमा दिएको उजुरीका आधारमा ब्रान्च मेनेजर पक्राउ परेको बताएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्