×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ऋण काण्डः जब ऋण तिर्न जाँदा जग्गा नै अर्कैलाई बेचिदिएको थाहा भयो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ बैंकको ऋण काण्डः जब ऋण तिर्न जाँदा जग्गा नै अर्कैलाई बेचिदिएको थाहा भयो…

Artha Sarokar

१२ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिहीबार ऋणीहरुले बैंक घेराउ गरेपछि जनकपुरस्थि सिद्धार्थ बैंकको मिल्स एरिया शाखाका शाखा प्रबन्धक अरन बल्मप्याकी र कर्जा अधिकृतलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंकका मेनेजरसहित कर्जा अधिकृतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संजिव कुमार यादवले पुष्टि गरेका छन् ।

प्रहरी निरीक्षक यादवले अर्थ सरोकारसँग कुराकानी गर्दै उनीहरुलाई अरु कारणले भन्दा पनि स्थानीयले बैंक घराउ गरेर तोडफोड गर्ने परिस्थिति सृजना भएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको बताएका छन् । यता बैंकका कर्मचारीले पनि एक्कासी सयौँको संख्यामा हुल बाँधेर स्थानीय आएर बैंकमा नाराबाजी गर्दै तोडफोड गर्ने प्रयास भएपछि आफ्नो मेनेजरलाई प्रहरीले लगेको बताएका छन् ।

कसरी सुरु भयो स्थानीयको आन्दोलन ?
जनकपुरस्थित सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट दिनेश राय कुर्मीले जग्गा धितो राखेर ३५ लाख रुपैयाँ ऋण लिएका थिए । आफूले बैंकबाट लिएको ऋणको साँवा र ब्याजसमेत समयमा तिर्दै आएको कुर्मीले बताएका छन् ।

कुर्मीका अनुसार नियमित किस्ता तिरिरहँदा पनि उनलाई बैंकका कर्मचारीले छिटो ऋण तिर्न ताकेत गरिरहेका थिए ।

त्यहीबीच कुर्मीले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने भन्दै एक हप्ताको समय मागे । तर, बिहीबार जब कुर्मी बैंकबाट लिएको ऋणको साँवा र ब्याज तिर्न भन्दै बैंक पुगे त्यसबेला उनले आफ्नो जग्गा बैंकले लिलामीमा चढाइसकेको थाहा पाए । त्यसबेलासम्म बैंकले किस्ता नियमित नभएको भन्दै लिलामीको सूचनासमेत निकालेर जग्गा अर्कैको नाममा पास गरिसकिएको कुर्मीले बताएका छन् ।

कुर्मीले आफूले ऋणको किस्ता समयमा तिर्दातिर्दै पनि मेनेजरको मिलेमतोमा बिना जानकारी लिलामीको सूचना निकालेर आफ्नो जग्गा हड्प्ने खेल भएको आरोप लगाएका छन् ।

त्यसपछि कुर्मीले स्थानीय र जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा प्रदर्शन गरेका थिए । भीडले उग्ररुप लिएपछि अन्ततः प्रहरीले सुरक्षाका लागि भन्दै बैंकका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी