×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चले सरकारसँग माग्यो सहकारी समस्या समाधानबारे लिखित जवाफ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्वोच्चले सरकारसँग माग्यो सहकारी समस्या समाधानबारे लिखित जवाफ

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग सहकारी समस्या समाधानबारे लिखित जवाफ मागेको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी लगायतले सर्वोच्चमा दायर गरेको रिट उपर सुनुवाई गर्दै न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले सरकारसँग लिखित जवाफ मागेको हो ।

अधिवक्ता भण्डारी लगायतले सहकारी समस्या समाधानका लागि सरकारले पहल नगरेको र सहकारी पिडितहरुको बचत फिर्ताको लागि कुनै पनि पहल नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको नाममा जारी गरेको आदेशमा सहकारी समस्या समाधानका लागि सरकारले गरेको कामकावाहीको प्रगति विवरण पठाउन भनिएको छ ।

त्यस्तै, सर्वोच्चले सरकारसँग सहकारीमा देखिएको समस्या समाधानका लागि नयाँ कानून निर्माण र हालको कानून संशोधनको प्रयासका बारेमा पनि विवरण पठाउन आदेश दिएको छ । यसका साथै सर्वोच्चले सहकारी संस्थाहरुको नियमन र अनुगमनका लागि राष्ट्र बैंकले गरेको कामकारवाहीको बारेमासमेत लिखित जवाफ माग गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी