×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अजासु’ मेयर, जसले घुस खानकै लागि एनएमबि बैंकमा खाता खोले, ७४ सालदेखि बैंकमा घुस जम्मा गरिरहे…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘अजासु’ मेयर, जसले घुस खानकै लागि एनएमबि बैंकमा खाता खोले, ७४ सालदेखि बैंकमा घुस जम्मा गरिरहे…

Artha Sarokar

१५ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बैंकिङ प्रणालीबाट घुस लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत र उनकी धर्मपत्नी उर्मीला बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै बस्नेतले बैंकिङ प्रणालीबाट घुस लिएको खुलासा भएको हो । 

अख्तियारका अनुसार पद्मा कोलोनीका मालिक राजुप्रसाद कंडेलले जगतगुरु कृपालु महाराज प्रतिष्ठाका नामबाट मेयर बस्नेतलाई एनएमबि बैंकमार्फत ५ करोड ३६ लाख ६८ हजार रुपैयाँ घुस खुवाएको देखिएको छ । त्यस्तै, मेयरपत्नी उर्मीला बस्नेतको सोही बैंक (एनएमबि बैंक)मार्फत कँडेलबाटै ९२ लाख रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ । 

यसरी मेयर बस्नेतले कँडेलसँग २०७४ साल साउनदेखि नै घुस खान सुरु गरेको अख्तियारले जनाएको छ । मेयर बस्नेतले पहिलोपटक कँडेलसँग २०७४ साउन ९ गते तत्कालीन सनराइज बैंकबाट १० लाख रुपैयाँ घुस लिएको र सो प्रश्चात उनले घुस लिन एनएमबि बैंकमा खाता खोलेको र सोही खातामार्फत करोडौँ घुस लिएको अख्तियारले जनाएको छ । 

त्यस्तै, प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ । बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार चार सय ४८ रुपैयाँ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी कूल २३ करोड २२ लाख २७ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको  पाइएको आरोपपत्रमा उल्लेख छ । 

सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रुपैयाँ रकम जम्मा गरेको पाइएको छ । त्यस्तै, ६ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा  २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ बराबरको रकमसमेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।

आयोगले ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबरको बिगो दावी गर्दै नगरप्रमुख बस्नेत, निजका श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजको श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको बिगो दावी गर्दै आइतबार नै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी