Skip to content
LAXMI SUNRISE BANK

गरिमा म्युचूअल फण्ड अन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजना सार्वजनिक रुपमा निष्काशन हुँदै

अर्थ सरोकार

काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ सार्वजनिक निष्काशन हुन लागेको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रबर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब रुपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ २०८१ साल पौष महिना ०७ गतेबाट सार्वजनिक रुपमा निष्काशन हुन लागेको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा समृद्धी योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ।

गरिमा समृद्धि योजना सम्बन्धी संक्षिप्त जानकारी:
१. योजनाको नाम: गरिमा समृद्धि योजना
२. योजनाको प्रकार: बन्दमुखी
३. योजनाको आकार: एक अर्ब रुपैयाँ मात्र
४. निष्काशन गर्न लागिएको इकाई संख्या: दश करोड मात्र
५. प्रति इकाई मूल्य: दश रुपैयाँ मात्र
६. कुल निष्काशन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई संख्या: पाँच करोड मात्र
७. कुल निष्काशन मध्ये अधिकतम सकारिने इकाई संख्या: बाह्र करोड पचास लाख मात्र
८. योजनाको अवधि: १० वर्ष
९. योजना बिक्री खुल्ला हुने मिति: २०८१ साल पौष ७ गते
१०. योजना बिक्री बन्द हुने मिति (छटोमा): २०८१ साल पौष ११ गते (बैंकिङ्ग समय पश्चात्)
११. योजना बिक्री बन्द हुने मिति (ढिलोमा): २०८१ साल पौष २१ गते (बैंकिङ्ग समय पश्चात्)
१२. योजना परिपक्व हुने मिति-अवधि: योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष
१३. सूचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्था इकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिनेछ
१४. कोष प्रबर्द्धकको नाम र ठेगाना: गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ
१५. योजना व्यवस्थापक तथा डिपोजिटरीको नाम र ठेगाना: गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ
१६. निष्काशन तथा बिक्री प्रबन्धकको नाम र ठेगाना: एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ
१७. कोष सुपरिवेक्षकको नाम तथा ठेगाना:  १. शंकर प्रसाद कोइराला, काठमाडौँ ०९, काठमाडौँ
२.  बाबुराम रेग्मी, वालिङ०२, स्याङ्जा
३.   रामजी रेग्मी, टोखा १०, काठमाडौँ
४. जलेश्वर पाण्डे, मध्यपुर थिमि ०१, भक्तपुर
५.  अच्यूत राज जोशी, काठमाडौँ  ०९, काठमाडौँ
गरिमा समृद्धि योजना सम्बन्धी विस्तृत जानकारी समावेश गरिएको स्वीकृत विवरण पुस्तिका देहायको स्थानहरुमा उपल्ब्ध हुने व्यहोरा सम्बन्धित सबै महानुभावहरुमा हार्दिक अनुरोध छ ।
कोष प्रबर्द्धक सम्बन्धी संक्षिप्त जानकारी:
काठमाडौँ को लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको कोष प्रबर्द्धक कम्पनी ‘गरिमा विकास बैंक लिमिटेड’ नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था हो । हाल देशका सातवटै प्रदेशमा गरी कुल १२३ शाखा कार्यालय र ५१ एटीएम मेसिन मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकले शाखा कार्यालयहरुको काम कारवाहीको अनुगमन, निरीक्षण तथा अन्य आवश्यक व्यावसायिक एवं प्रशासनिक कार्यहरु थप व्यवस्थित गर्ने उद्देश्य सहित देशका विभिन्न स्थानहरुमा ९ वटा क्षेत्रीय कार्यालयहरु समेत स्थापना गरेको छ । विकास बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्थाले प्रदान गर्न सक्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु (जस्तै: कर्जा प्रवाह, निक्षेप सङ्कलन आदि) प्रवाह गर्दै आइरहेको छ ।

योजना व्यवस्थापक सम्बन्धी संक्षिप्त जानकारी:

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी समेत रहेको योजना व्यवस्थापक कम्पनी ‘गरिमा क्यापिटल लिमिटेड’ नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) प्रवाह गर्दै आइरहेको छ ।

गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरु ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK