काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानुनसम्मत ठहर गरेको छ ।
सो जग्गा दान विरुद्ध परेको रिट खारेज गर्दै सर्वोच्च्ले यस्तो ठहर गरेको हो ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट निवेदन खारेज गरेको हो ।
व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए ।