×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइडबडी घोटाला प्रकरणः नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वाइडबडी घोटाला प्रकरणः नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

Artha Sarokar

९ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाइडबडी जहाज खरिद गर्दा नेपालका अधिकारीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई जरिवाना तिराइएको छ ।

नेपाल एयरलाइन्सले दुई वटा वाइडबडी जहाज खरिद गर्दा प्रक्रियाका लागि नेपालका अधिकारीलाई घुस खुवाउने एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर (७ अर्ब ४२ करोड रुपैयाँ) जरिवाना तिराएको हो ।

उक्त कम्पनीले वाइडबडी जहाज खरिद सम्झौताको ठेक्का सम्झौता गर्न नेपाली अधिकारीलाई साडे २ मिलियन डलर घुस दिएको प्रमाणित भइसकेको छ । घुस दिएको प्रमाणित भएपछि अमेरिकी सरकारले उक्त कम्पनीले भ्रष्टाचार सम्बन्धी कानून उल्लंघन गरेको ठहर गर्दै दोषी निर्क्यौल गरेको छ ।

अमेरिकी सरकारले जारी गरेको विज्ञप्तिमा एएआर कम्पनीले नेपाल र दक्षिण कोरियाका सरकारी अधिकारलाई घुस दिएको स्वीकारेको र २४ मिलियन डलर नाफा अवैध रुपमा कमाएको उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी