×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैरहवा र पोखराबाट हुने अन्तराष्ट्रिय उडानमा विमानस्थल सेवा शुल्क खारेज, टिकटको मूल्य ३ हजारले घट्ने !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भैरहवा र पोखराबाट हुने अन्तराष्ट्रिय उडानमा विमानस्थल सेवा शुल्क खारेज, टिकटको मूल्य ३ हजारले घट्ने !  

Artha Sarokar

१० माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडान टिकटमा लाग्ने सेवा शुल्क खारेज भएको छ । सरकारले २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेसँगै टिकटमा लाग्ने सेवा शुल्क पनि खारेज भएको हो । 

योसँगै अब पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल हुँदै विदेश जाने यात्रुले काट्ने टिकट शुल्क ३ हजार रुपैयाँ घट्ने भएको छ । 

हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट तीन हजार रुपैयाँ लिँदै आएको छ । तर, अब भने विदेश यात्राका लागि पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुले सो बराबर रकम तिर्नुपर्ने छैन । 

तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हकमा भने सेवा शुल्क यथावत् रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी