Skip to content
LAXMI SUNRISE BANK

भाटभटेनीका मालिक मीन बहादुर गुरुङले कर छली गरेको पुष्टि, ४ अर्ब ३६ करोड राज्यलाई तिर्नुपर्ने !  

अर्थ सरोकार

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङले कर छली गरेको पुष्टि भएको छ । 

सर्वोच्च अदालतले आन्तरिक राजस्व कार्यालय र ठूला करदाता कार्यालयले भाटभटेनीको कर छलीविरुद्ध दायर गरेको मुद्दाको पुनरावेदनमा पुरानै फैसला सदर गर्दै गुरुङले कर छली गरेको ठहर गरेको हो । 

सर्वोच्चका तत्कालीन न्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशकुमार ढुंगानाले २०७६ सालमै गुरुङले कर छली गरेको ठहर गर्दै जरिवानासहितको फैसला सुनाएका थिए । 

तर, अदालतको उक्त फैसलामाथि पुनरावेदनको माग गर्दै भाटभटेनी सुपरमार्केट सर्वोच्च गएको थियो । हाल उक्त मुद्दाको पुनरावेदनमा सर्वोच्चले पुरानै फैसला सदर गरेको छ । योसँगै अब भाटभटेनीले राज्यलाई तिर्नुपर्ने कर र जरिवानासहित ४ अर्ब ३६ करोड रुपैयाँ तिर्नैपर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK