×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्ने विषयमा राष्ट्र बैंकमा छलफल, ‘स्थिति दर्दनाक छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्ने विषयमा राष्ट्र बैंकमा छलफल, ‘स्थिति दर्दनाक छ’

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नारायणी डेभलपमेन्ट बैंकलाई ‘टेक ओभर’ गर्ने बारेमा छलफल भएको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन टेक ओभर गरेपछि अन्य बैंक तथा वित्तीय संस्थामा निगरानी बढाएको राष्ट्र बैंकमा कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्नेबारेमा छलफल भएको हो ।

झनझन् जर्जर बन्दै गएको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाबारे अध्ययन गरिरहेको राष्ट्र बैंकले टेक ओभर गर्ने भन्ने विषयमा छलफल अघि बढाएको राष्ट्र बैंक स्रोतको दाबी छ । 

स्रोतका अनुसार बैंकमा राष्ट्र बैंकले गरेको इन्स्पेक्सनका क्रममा वित्तीय सुशासन साह्रै कमजोर रहेको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था पनि साह्रै दयनीय देखिएको छ । ‘इन्स्पेक्सनका क्रममा बैंकको वित्तीय अवस्था दर्दनाक छ । अझै थप अध्ययन र विश्लेषण गर्ने काम भइरहेको छ ।’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘राष्ट्र बैंकमा बैंकलाई टेक ओभर गर्ने विषयमा छलफल सुरु भएको छ । यद्यपि टुँगो भने लागिसकेको छैन ।’  

कर्णालीलाई समस्याग्रस्त घोषणा गरेपछि वित्तीय अवस्था बिग्रिँदै गएको र संस्थागत सुशासनमा समस्या देखिएको निष्कर्षसहित राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकसहित ४ विकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्न सुरु गरिसकेको छ । 

यसो त नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले यसअघि पनि समस्याग्रस्त घोषणा गरिसकेको थियो । जथाभावी गरिएको लगानी डुबेपछि राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछि बैंकमा नयाँ व्यवस्थापन आएपछि बैंकलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाइएको थियो । 

त्यसयता पनि बैंकको वित्तीय अवस्था सुध्रिनुको साटो झन् बिग्रिँदै गएपछि राष्ट्र बैंकलाई बैंकलाई टेक ओभर गर्ने विषयमा छलफल सुरु भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी