काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
महुलीले गत आर्थिक वर्षको मुनफाबाट लाभांश नदिने निर्णय गरेसँगै सेयरधनी निराश भएका छन् । बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।
महुलीले गत आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८/७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्