काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले अब सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न पाउने भएका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
योसँगै अब लघुवित्तहरुले सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न बाटो खुला भएको छ । सेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा गरेको लगानीलाई लघुवित्तहरुले प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन् ।
तर, राष्ट्र बैंकको समेत लगानी रहेको नेसनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्दा भने उक्त लगानी प्राथमिक पुँजीकोषमा गणना गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, राष्ट्र बैंकले उक्त निर्देशनमार्फत लघुवित्तहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ । यस्तो छ राष्ट्र बैंकले जारी गरेको सर्कुलर:
MFI-Circular_Upload