Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ ठेकेदारको बदमासीले नबिल बैंकको १ अर्ब रुपैयाँ फस्यो ! अब मात्र अदालतको आश 

अर्थ सरोकार

काठमाडौँ । चिनियाँ ठेकेदारको बदमासीका कारण नबिल बैंकको एक अर्ब रुपैयाँ फसेको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत राखिएको त्रिशूली थ्री-बी परियोजनाको निर्माणको ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपको बदमासीका कारण नबिल बैंकको एक अर्ब रुपैयाँ फसेको हो । 

२०७७ फागुन २९ गते निर्माणको काम सक्नेगरी २०७४ फागुन ३० गते ठेक्का सम्झौता गरेको चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि आयोजनाको ठेक्का सम्झौता २०८० मंसिर ३० गते रद्द गरिएको थियो । ठेक्का सम्झौता रद्द गर्दै त्रिशूली जलविद्युत् कम्पनीले बैंक ग्यारेन्टी जफत गरेको थियो । 

त्रिशूली थ्री-बी परियोजनाको लागि त्रिशूली जलविद्युत् कम्पनीसँग नबिल बैंकले बैंक ग्यारेन्टीको सम्झौता गरेको थियो । 

चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपको तर्फबाट भने चीनको चाइना एभरब्राइट बैंकले काउन्टर ग्यारेन्टी दिएको थियो । तर, जलविद्युत् कम्पनीले नबिलसँग बैंक ग्यारेन्टी जफत गरे पनि ठेकेदारको बदमासीका कारण चिनियाँ बैंकले काउन्टर ग्यारेन्टीबापत भुक्तानी गर्नुपर्ने ७४ लाख ५० हजार अमेरिकी डलर (करिब एक अर्ब रुपैयाँ) रकम अझै तिरेको छैन । 

बरु जलविद्युत् कम्पनीसँग ठेक्का रद्द भएसँगै चिनियाँ ठेकेदार कम्पनी काउन्टर ग्यारेन्टीको रकम भुक्तानी रोक्ने आदेश दिन माग गर्दै चिनियाँ अदालत गएको थियो । 

चिनियाँ अदालत ‘छेन्दु चोङकिङ फाइनान्सियल कोर्ट’ले पनि काउन्टर ग्यारेन्टीबापतको रकम तत्काल नतिर्न आदेश दिएको थियो । अदालतको यस्तो आदेशसँगै चिनियाँ बैंकले नबिल बैंकलाई काउन्टर ग्यारेन्टीबापत भुक्तानी गर्नुपर्ने रकम भुक्तानी दिएको छैन । चिनियाँ अदालतमा विचाराधीन रहेको उक्त मुद्दाको अन्तिम टुँगो नलाग्दासम्म नबिलको एक अर्ब रुपैयाँ नआउने निश्चित भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK