Skip to content
LAXMI SUNRISE BANK

अब व्यवसायिक भुक्तानी व्यक्तिगत खाताबाट लिए/दिए दुवै कारोबार शंकास्पद हुने !  

अर्थ सरोकार

काठमाडौँ । अबदेखि व्यवसायिक भुक्तानी व्यक्तिगत खाताबाट लिए/दिए दुवै कारोबार शंकास्पद हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको संशोधन मार्फत उक्त व्यवस्था गरिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण नियमावलीले गरेको व्यवस्था अनुसार उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । 

अब बैंक तथा वित्तीय संस्थामा भएका व्यक्तिगत बचत खातामा व्यवसायिक कारोबार गरे उक्त कारोबार शंकास्पद वित्तीय कारोबार हुनेछ । यसरी व्यक्तिगत खातामा व्यवसायिक भुक्तानी भएको पाइए बैंकहरुले त्यस्तो कारोबारलाई शंकास्पद कारोबारका रुपमा वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्नेछ । 

योसँगै कानून बमोजिम स्थापना भएका कम्पनीले व्यक्तिगत खातामा व्यवसायिक कारोबार गर्न नपाउने भएका छन् । यदि कम्पनीहरुले व्यक्तिगत खातामा व्यवसायिक भुक्तानी गरे त्यस्तो कारोबार शंकास्पद कारोबार हुने भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK