×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साथीले ‘सेयरबाट कमाउँछु’ भन्दै मागेको बैंक खाता विवरण दिँदा पुरुषोतम शाह प्रहरी खोरमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

साथीले ‘सेयरबाट कमाउँछु’ भन्दै मागेको बैंक खाता विवरण दिँदा पुरुषोतम शाह प्रहरी खोरमा !

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय नागरिकता दुरुपयोग गरेर अरुका नाममा आइपीओ भर्ने वा सेयर कारोबार हुने गरेको घटना बेलाबेला आइ नै रहेका छन् । यस्तै अर्को घटना सार्वजनिक भएको छ । जहाँ आफ्ना साथीले सेयरबाट कमाउँछु भन्दै सेयर कारोबार गर्न बैंक खाता खोल्नुपर्ने भन्दै मागेको बैंक खाता विवरण दिंदा पुरुषोतम शाह जेल पुगेका छन् ।

घटना सिटिजन्स बैंक इन्टरनेशनलको खाताबाट रकम चोरी प्रकरणसँग सम्बन्धित छ । बैंकमा रहेको करोडौं रुपैयाँ चोरी गरेको अभियोगमा अहिले पुरुषोतम शाहसहित प्रहरी हिरासतमा छन् भने उनीहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगीको मुद्धा दायर भएको छ । तर सो मुद्धामा प्रतिवादी रहेका पुरुषोतम साहले भने आफुलाई साथीले सेयर कारोबार गर्छु भनेर बैंक खाता विवरण मागेको, गाँजा खाएर फकाएको र अहिले फसाएको बयान दिएका छन् ।

‘म जिल्ला सिराहा गोलबजार नगरपाबलका वडा न.६ गोलबजार बस्थत स्थायी ठेगानामा बसोबास गरी श्री जनता मा.बव. सेकें डरी स्कुलमा १२ कक्षामा ऄध्ययन गदैअइरहेको छु। अज भन्दा ४ महिना जति अगाडी सोही गाउँकै मेरो बाल्यकाल देखिको साथी अविनाश रौनियार नाम गरेको मानिसले मलाई ‘म अव सेयरको कारोबार गर्ने सोचेको छु तर नागरिकता नभएको कारण बैंकमा खाता खोल्न मिकेको छैन । तिम्रो नामको खाता खोलेर मलाई देउ न भन्यो ।’ शाहले बयानमा भनेका छन् ।

बयानका क्रममा शाहले आफ्नो नागरिकता नबनेकाले आफुले आफ्ना अर्का साथी राहुल ठाकुरको बैंक खाता मागी दिएको, र आफूबाट भएको काम यति रहेको बताएका छन् । तर, सो खातामा ह्याकरले सिटिजन्स बैंकबाट पैसा चोरी भई डिपोजिट भयो भने उनलाई थाहा नै नदिई अर्को खातामा रकमान्तरसमेत भयो । त्यसपछि सिटिजन्स बैंकबाट पैसा हराएको भन्दै जव एफवान सफ्टले प्रहरीमा जाहेरी दियो, तव शाह पक्राउ परे ।

अहिले उनी प्रहरी हिरासतमा छन् । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगीको मुद्धा दर्ता भएको छ ।

प्रहरीले घटनापछि यसरी अरुलाई नागरिकता नदिन, आफ्नो बैंक खाता अरुलाई नदिन आग्रहसमेत गरेको छ । नागरिकता र बैंक खाता दुरुपयोगका थुप्रै घटनाहरु एक एक गरी सतहमा आउन थालेपछि प्रहरीले यस्तो सन्देश सार्वजनिक गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी