×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविद्वारा उच्च अदालतमा निवेदन दर्ता, धरौटी बदर गर्न माग 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविद्वारा उच्च अदालतमा निवेदन दर्ता, धरौटी बदर गर्न माग 

Artha Sarokar

१४ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । 

उनले जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका हुन् । 

उनी सोमबार जिल्ला अदालतको आदेशमा धरौटी रकम उच्च भएको र साधारण तारेखमा नै छोड्नुपर्ने मागसहित उच्च अदालत पुगेका छन् । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

यता काठमाडौँ जिल्ला अदालतले उनलाई ६५ लाख र रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छोड्न आदेश दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी