×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेलाई हिरासत लगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रवि लामिछानेलाई हिरासत लगियो

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ । 

काठमाडौँ जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि अदालतले रविलाई प्रहरी हिरासतमा पठाउने आदेश दिएको हो । अदालतको यस्तो आदेशसँगै उनलाई प्रहरी परिसर, काठमाडौँको हिरासतमा लगिएको छ । 

रविलाई सोमबार पुनः अदालतमा पेश गरिनेछ । 

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेसँगै उनी आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी