काठमाडौँ । शुभ समृद्धि सहकारी ठगी प्रकरणमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । ललितपुरमा रहेको सहकारीमा बचतकर्ताको ५ करोड १८ लाख १६ हजार १ सय ९० रुपैयाँ ठगी गरेको आरोपमा सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालतमा सञ्चालक समितिका १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
कार्यालयले रामेछापका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।
त्यस्तै, सञ्चालक समितिका सदस्य ३१ वर्षीय विकास शिवाकोटी, ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत र ३८ वर्षीया शर्मिला शाक्यविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गतको ठगी गर्न नहुने कसुरमा मुद्दा चलाइएको सरकारी वकिल कार्यालय ललितपुरले जनाएको छ । सहकारीमा बचत अपचलन भएको भन्दै सहकारीका ४१ जना बचतकर्ताले जाहेरी दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्