काठमाडौँ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले एक वर्षमा १ करोड ७० लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । बैंकका सीईओले गत आर्थिक वर्षमा मात्रै तलब र अन्य सुविधाबापत बैंकबाट १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ भुक्तानी लिएका हुन् ।
गत आर्थिक वर्षमा बैंकका सीईओले तलबबापत मात्रै ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ रुपैयाँ भुक्तानी लिएका छन् ।
त्यस्तै, बैंकले सोही वर्षमा भत्ता बापत ४० लाख ८० हजार, दशैँ भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, वार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार र सवारी साधन बापत १७ लाख ५६ हजार ८ सय रुपैयाँ सीईओलाई भुक्तानी गरेको छ ।
सीईओलाई बैंकले भुक्तानी गरेको तलबमार्फत ३९ प्रतिशतसम्म राज्यलाई कर गएको छ ।