×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ता भन्न थाले- ‘कारोबार गर्न पाइँदैन, नेप्सेको थोत्रो सिस्टम चाहिँदैन’  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेयर लगानीकर्ता भन्न थाले- ‘कारोबार गर्न पाइँदैन, नेप्सेको थोत्रो सिस्टम चाहिँदैन’  

Artha Sarokar

२९ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पटकपटक बिग्रिरहने नेप्सेको थोत्रो सिस्टम आइतबार पनि बिग्रिएपछि सेयर लगानीकर्ताले नेप्सेको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् । 

आइतबार कारोबार समयमै वाईकोले बनाएको सिस्टम बिग्रिँदा कारोबार नै नहुने समस्या देखिएको थियो । यतिमात्र होइन, भित्रभित्रै डाटा लिकेजको समस्या पनि देखिएको थियो । 

तर, बेला बेलामा बिग्रिएर लाखौँ लगानीकर्तालाई मर्कामा पारिरहने नेप्सेको सिस्टममा फेरि पनि त्यही नियति दोहोरिएपछि लगानीकर्ताले नेप्सेको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् । अधिकांश लगानीकर्ताले नेप्सेको सिस्टम बेला बेलामा बिग्रिरहनुले नयाँ स्टक एक्सचेञ्जको अपरिहार्यतालाई थप बल दिएको प्रतिक्रिया दिएका छन् । 

यता वाईकोसँग मिलेर बजारमा कर्नरिङ गर्ने गरेको आरोप लाग्दै आएको नेप्से यसपटक पनि सिस्टममा देखिएको समस्यालाई सामान्य समस्या भनेर पन्छिएको छ । 

तर, आइतबार टिएमएसमा देखिएको समस्या सामान्य नभएर नियोजित रुपमै बिगारिएको आरोप सेयर लगानीकर्ताहरुले लगाएका छन् । उनीहरुले नेप्सेको थोत्रो सिस्टम नै बजारको दिगो विकासमा अवरोध भएको भन्दै नेप्सेको विकल्पमा नयाँ स्टक एक्सचेञ्ज कुनै हालतमा ल्याउनुपर्ने आवाज उठाएका छन् । हाल लगानीकर्ताले सामाजिक सञ्जालमा ‘कारोबार गर्न पाइँदैन, नेप्सेको थोत्रो सिस्टम चाहिँदैन’ भन्दै नेप्सेको व्यापक विरोध गरिरहेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी