×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपर लघुवित्तका सञ्चालक कारागार चलान, नक्कली ऋणी खडा गरेर करोडौँ ठगेको आरोप !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सुपर लघुवित्तका सञ्चालक कारागार चलान, नक्कली ऋणी खडा गरेर करोडौँ ठगेको आरोप !

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दाङको सुपर लघुवित्तका सञ्चालक ज्योतिप्रसाद चौधरी कारागार चलान भएका छन् । उनलाई लघुवित्तको करिब ३३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उच्च अदालत तुलसीपुरले पुर्पक्षका लागि कारागार चलान गरेको हो । 

न्यायाधीशहरु अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै चौधरीलाई तुलसीपुर कारागार चलान गरिएको छ । 

चौधरीले सुरुमा सुपर लघुवित्तलाई एनजिओका रुपमा सञ्चालन गरेको थिए । तर, पछि उनले उक्त एनजिओलाई लघुवित्तमा परिणत गरेका हुन् । एनजीओ हुँदा नै संस्थाका सञ्चालक समिति र कर्मचारीसहित ३३ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो । 

त्यसको एक वर्षपछि लघुवित्तमा संस्था लघुवित्तमा परिणत भएपछि फेरि उनीहरुविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो र थप २३ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये ९ जना अझै फरार छन् ।

अभियोगमा मुख्य प्रतिवादी बनाइएका चौधरीले पुष २१ गते (सोमबार) अदालतमा आत्मसमर्पण गरेका थिए । सोमबार नै भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । चौधरीमाथि नक्कली ऋणी खडा गरी बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको आरोप छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी