×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः अझै सकिएन थुनछेक बहस, रवि लामिछानेको हिरासत बसाइ लम्बियो   

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः अझै सकिएन थुनछेक बहस, रवि लामिछानेको हिरासत बसाइ लम्बियो   

Artha Sarokar

२९ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिने भएको छ । आज पनि काठमाडौँ जिल्ला अदालतमा रविको थुनछेक बहस सकिएन । 

बहस नसकिएपछि अदालतले उक्त मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखेको छ । 

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट दुई जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए । तर, आज पनि रविको थुनछेक बहस भने सकिएन । 

मंगलबार सार्वजनिक बिदा परेकोले मुद्दाको अर्को सुनुवाइ बुधबार मात्रै हुनेछ । त्यसबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन् । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसहित ३९ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेसँगै उनी आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी