काठमाडौँ । आन्तरिक राजस्व विभागको साइट ह्याक भएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा विभागको साइट ह्याक भएको पाइएको हो ।
साइट ह्याक हुनुका साथै साइटभित्र अनधिकृत प्रवेश गरेर राजस्व रकमा ठूलो हेरफेर गरेको समेत भेटिएको सीईआबीले जनाएको छ ।
सीआईबीका एक उच्च अधिकारीका अनुसार विभागको साइटमा पहुँच पुर्याएर ह्याकरले विभिन्न फर्महरुले तिर्नुपर्ने राजस्व घटबढ गरेका छन् । जसमध्ये कुनै फर्मले तिर्नुपर्ने ठूलो रकम घटाइएको छ भने कम राजस्व भएका केही फर्महरुको रकम अस्वभाविक रुपमा बढाइएको छ ।
यसरी राज्यलाई तिर्नुपर्ने राजस्वमै ठूलो फेरबदल देखिएको र सिस्टम ह्याक भएको आशङ्कामा सीआईबीले उक्त प्रकरणका गोप्य रुपमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सीआईबीले विभागको साइटमा अनधिकृत पहुँच पुर्याएर राजस्व रकममै हेरफेर गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष पराजुली र पुरिन पाण्डे रहेका छन् । उनीहरु चितवनमा रहेको अडिट फर्मका कर्मचारी भएको सीईआबी स्रोतले बताएको छ ।
सीआईबीका अनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्यको पनि खोजीकार्य भइरहेको सीआईबीले जनाएको छ ।
अर्कोतर्फ यति सहजै रुपमा विभागको साइट ह्याक हुनुमा विभागको समेत लापरवाही देखिएको सीआईबीले जनाएको छ । सीआईबीका उच्च अधिकारीका अनुसार सन् २०११ देखि विभागको साइटको पासवर्डसमेत परिवर्तन नगरेको देखिएको छ । घटनाबारे सीआईबले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्