×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुढाखाडालाई डाँडा कटाउँदै ३३ वर्षीय ठिटो बने बीमा प्राधिकरणका अध्यक्ष, तर योग्यता विवादले निलम्बनको खतरा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुढाखाडालाई डाँडा कटाउँदै ३३ वर्षीय ठिटो बने बीमा प्राधिकरणका अध्यक्ष, तर योग्यता विवादले निलम्बनको खतरा !

Artha Sarokar

१३ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

ओझा सिफारिसमा परेका कृषि विकास बैंकका अध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व अध्यक्ष दामोदर बसौलालाई पछि पार्दै प्राधिकरणको अध्यक्ष बनेका छन् । 

मन्त्रिपरिषद्को निर्णयसँगै बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझा बीमा प्राधिकरणमा नियुक्त भएका पूर्वअध्यक्षहरुमध्ये सबैभन्दा कान्छा हुन् । उनी हाल ३३ वर्षका भए । अध्यक्षका लागि आवेदन दिएका बुढाखाडालाई पछि पार्दै उनी बीमा प्राधिकरणको अध्यक्ष बनेका छन् । 

अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ३३ वर्षीय ठिटोलाई नियामकको नेतृत्व सुम्पिएसँगै अब बीमा क्षेत्र सुध्रिन्छ भन्नेमा विश्वास गरिएको छ । त्यसैमाथि खारिएका र बीमा क्षेत्रबारे बुझेका पूर्व पत्रकार भएकाले पनि ओझाको नेतृत्वमा बीमा प्राधिकरण र समग्र बीमा क्षेत्र नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ । 

यद्यपि ओझाको योग्यता भने विवादमै छ । बीमा ऐनको दफा ८ को उपदफा (क) मा बीमा प्राधिकरणको अध्यक्ष बन्न शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा ५ वर्ष उच्च तहमा काम गरेको हुनुपर्ने उल्लेख छ । ओझाले बीमा क्षेत्रमा काम गरेका छैनन् । उनको अनुभव मिडिया र केही कर्पोरेट हाउसमा मात्र छ । यही विषय टेकेर उनीविरुद्ध केही अदालत जाने तयारीमा छन् ।

यद्यपि नियुक्ति सिफारिस समितिका अधिकारीको तर्क भने ऐनमा सम्बन्धित विषय भन्ने उल्लेख भएकाले ओझाले स्नातकोत्तर सकेर मिडिया र कर्पोरेट हाउसमा व्यवस्थापकीय पदमै काम गरेकोले उनको योग्यता पुग्ने दाबी गरेका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि बीमा क्षेत्रमै काम गरेको हुनु नपर्ने ऐनको व्याख्या रहेको ती अधिकारीको दाबी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी