काठमाडौँ । उमागौरी सहकारीका अध्यक्ष कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
अदालतमा चलेको तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि रौनियारलाई न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
उक्त सहकारीमा भएको ठगी प्रकरणमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीको नाम पनि मुछिएको छ ।
सहकारीका अध्यक्ष रौनियार, पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलनमा मुद्दा दायर गरिएको थियो ।२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्