काठमाडौँ । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै समर स्पिड अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत १०० एमबिपीएस, २०० एमबिपीएस र ३०० एमबिपीएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध हुनेछ ।
साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा नि: शुल्क फाइभ-जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने छन् ।
यस अफरका अनुसार, डिशहोम इन्टरनेटको १०० एमबिपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य ८ हजार ५ सय २०० एमबिपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) ११ हजार ५ सय र ३०० एमबिपीएस वार्षिक जडान (राउटर तथा भ्याट सहितको) १३ हजार ५ सय रहेको छ ।
यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन् ।
नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।