×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राजनीति’मा ‘सल्लाहकारको सप्लायर’ बन्दै नबिल, बैंकको तलब खाएर खड्काले पनि गरेका थिए मन्त्रालयमा काम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘राजनीति’मा ‘सल्लाहकारको सप्लायर’ बन्दै नबिल, बैंकको तलब खाएर खड्काले पनि गरेका थिए मन्त्रालयमा काम !

Artha Sarokar

१ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अमित श्रेष्ठले बैंकको जागिर खाँदाकै बखत,उर्जामन्त्रीको सल्लाहकारका रुपमा काम गरेको खबर यतिबेला चर्चामा छ । बैंकमा जागिर खाने, उर्जामन्त्रीको विदेश भ्रमण हुनेबित्तिकै बैंकबाट बिदा लिएर उर्जामन्त्रीसँगै सरकारी पैसामा विदेश जाने, जागिर नबिल बैंकको खाएर काम जति मन्त्रालयको गर्ने गरेका श्रेष्ठको काम बारे अर्थ सरोकारले खुलासा गरेपछि यतिबेला यो विषय चर्चामा छ । यतिसम्मकि केहि विपक्षी दलका सांसदहरुले संसदमै यो कुरा उठाउन खोजेको भन्दै अर्थ सरोकारसँग यस विषयमा चासो राखिरहेका छन् ।

यसैबीच हाल नबिल बैंकको तलव खाएर उर्जा,  जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काको सल्लाहकारका रुपमा काम गरिरहेका अमित श्रेष्ठ यसरी बैंकको तलव खाएर मन्त्रालयमा काम गर्ने पहिलो बैंकर भने नभएको खुलासा भएको छ । यसअघि नबिल बैंककै कर्मचारी विश्वरुप खड्का पनि बैंकको जागिर रहेकै बखत, र बैंकको तलव खाईरहेकै बेला तत्कालीन स्वास्थमन्त्री मोहन बस्नेतको सल्लाहकारका रुपमा काम गरेको पाइएको छ । सल्लाहकारका रुपमा काम गरेदेखि नै विभिन्न विवादमा परेका उनीमाथि पहुँचको दुरुपयोग गरेर आफु निकट नर्सिङ्ग अधिकृतहरुलाई विदेश भ्रमणमा  लागेको खबरसमेत सार्वजनिक भएको थियो ।

स्वास्थसम्बन्धि कुनै पनि जानकार नभए पनि सिन्धुपाल्चोकको साइनो लगाएर यसअघि बस्नेत राज्यमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेका उनी त्यतिबेला पनि बैंकको तलव खाएर मन्त्रीको सचिवालयमा बसेका थिए । उनले त्यहाँ हुँदा धेरै कन्फ़्लिट अफ इन्ट्रेष्ट हुने गरी काम गरेको आरोपसमेत उनीमाथि छ । यतिसम्मकि स्वास्थमन्त्रालयमा जोडिन आउने विभिन्न क्लाइण्टको बैंकिङ सम्बन्धि काम गरेर त्यसको जस लिने र बैंकमा पनि आफु मन्त्रीको मान्छे भन्दै पहुँच देखाउने गरेको आरोप उनीमाथि छ । उनी तत्कालीन नेपाल बंगलादेश बैंकलाई नबिलले प्राप्ति गरेपछि नबिल बैंक आइपुगेका हुन् ।

खड्काले पनि आफु नबिल बैंकको कर्मचारी भएकै बखत मन्त्रालयमा सल्लाहकारको भूमिकामा काम गरेको स्वीकार गरेका छन् । यद्यपी उनले आफुले काम गर्दा स्वार्थको द्वन्द हुनेगरी केहि काम नगरेको दाबी उनको छ ।

‘बैंकको कर्मचारी मन्त्रालयको सल्लाहकार हुँदा स्वार्थको द्वन्द भएन र ?’  अर्थ सरोकारको प्रश्नमा खड्काले भने, ‘त्यस्तो काम हुँदैन भन्दा पनि भएन भनौँ । मलाई त त्यस्तो परेन ।’

यता बैंकको तलाव खाएर राजनीतिक व्यक्तिको पछि लाग्दा विभिन्न खाले स्वार्थको द्वन्द हुने जानकारहरुको ठम्याई छ । राजनीतिक विश्लेषक भुवन क्षेत्री यसरी बैंकको तलव खाएर नेताको पछि लाग्नु जनताको पैसामाथिको रजाई भएको बताउँछन् । ‘यो त सिधासिधा स्वार्थको द्वन्द हुने काम हो । कि बैंकको तलव नाखानुपर्यो कि, मन्त्रालयमा सल्लाहकार नाबस्नुपर्त्यो । सल्लाहकारले त पोलिसीमै के गर्ने भन्ने विषयमा सल्लाह दिने हो । यो सरासर गलत काम हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

यस विषयमा नियामक  नेपाल राष्ट्र बैंकले समेत चासो दिनुपर्ने बैंकिङका जानकारहरु बताउँछन् ।

यस विषयमा नबिल बैंकका सूचना अधिकारी सुरेश त्रिपाठी ‘आफु बोल्न नमिल्ने’ बताउँछन् । बैंकको कर्मचारी मन्त्रालयमा सल्लाहकार बन्दा स्वार्थको द्वन्द भएन र ? भन्ने हाम्रो प्रश्नमा उनले आफु सूचना अधिकारी भएकाले लिखित रुपमा सूचना माग भएमा मात्र बोल्ने नत्र बैंकको प्रवक्ता सीइओ नै भएकाले उनलाई सोध्न आग्रह गरे ।

‘नबिल बैंकको प्रवक्ता म होइन सीइओ सर हो । उहाँलाई नै सोध्नुहोस् यो कुरा । लिखित सूचना माग्नुभयो भनेचाहिं म हेरौंला ।’ उनले झर्किंदै भने ।  उनले सीइओलाई नै प्रवक्ता तोक्ने चलन नबिलले सुरु गरेको दाबीसमेत गरे ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी