Skip to content
LAXMI SUNRISE BANK

नाडाको विवाद सतहमा, अटोमोबाइल्स व्यवसायी विभाजित, खोलियो नयाँ संस्था !

अर्थ सरोकार

काठमाडौँ ।  यो देशमा संस्था फुट्नु र जुट्नु नौलो कुरा त होइन, तर नाडा जतिको बलियो भनिएको संस्था भित्रभित्रै खोक्रो रहेछ भन्ने देखिनेगरी फुट्नु भने सामान्य विषय नहुन सक्छ । तर विषय सानो नभएर के गर्नु ? आखिर नाडा हुँदाहुँदै  अटोमोबाइल्स व्यवसायी विभाजित भएका छन् । चुनाव गर्दा हारेका र चुनाव जसले हराएको हो उसैको सक्रित्यतामा निर्वोरिध हुँदा जितेका करण चौधरीको नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्ने गरी अन्तत: नाडाको विकल्पमा ठूला व्यापारीहरुले अर्को संस्था खुलेका छन् ।
हुन त नाडाभित्रको विवादले भित्रभित्रै ठुलो रुप लिएको थियो । अध्यक्षको नेतृत्व क्षमतामाथि पटक पटक प्रश्न उठेको मात्र थिएन । नाडा अटो शो गर्दाको आन्तरिक विवाद ‘ब्रस्ट’ हुन मात्र बाँकी थियो । तर यसपटक अटोमोबाइल्स व्यवसायीहरुको  सिंगो संस्थाका रुपमा रहेको नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालभित्रको विवाद सतहमै देखिएको छ । सवारी आयातकर्ता, बिक्रेता, स्पेयर पार्टस् आयातकर्ता तथा बिक्रेता र सर्भिस सेन्टर सञ्चालकहरु एकैछातामुनि रहँदै आएकोमा सवारी आयातकर्ताले छुट्टै संस्था बनाएका हुन् । उनीहरुले ‘नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसियशन’ नामक संस्था दर्ता गरेका छन् । फागुन ९ गते दर्ता भएको यो संस्थाको छिट्टै औपचारिक घोषणा हुँदैछ । यो संस्थाको औपचारिक घोषणा रोक्न अहिले नाडाका अधिकारीहरु न्वारन देखिको बलसमेत लगाईरहेका छन् ।
खुलेको नयाँ संस्थामा चार पाङ्ग्रे, दुइ पाङ्ग्रे र व्यवसायिक सवारीसाधन आयातकर्ता कम्पनीहरु मात्रै सदस्य हुन पाउने बताइएको छ । अझ ठुला घराना जति नयाँ संस्थामा भएपछि नाडा ठुलो कि नयाँ संस्था ठुलो भन्ने विषय छिट्टै चर्चाको विषय हुने देखिएको छ ।
टोयोटाको आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेशन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिण्डिकेटकी निर्देशक रितु वैद्यलाई नयाँ संस्थाको अध्यक्ष बनाउने तयारी छ भने किया गाडीको आयातकर्ता कन्टिनेन्टल ट्रेडिङका अध्यक्ष सुहृद घिमिरेलाई उपाध्यक्ष बनाउने तयारी छ । त्यस्तै हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल, ओमोडा एण्ड जेइको गाडीको आधिकारिक बिक्रेता शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स, एमजी गाडीको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको पारामाउण्ट मोटर्स र बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक  होण्डा गाडी तथा बाइक र स्कुटरको आधिकारिक बिक्रेता पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ, फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्ड, बजाज मोटरसाइकलको आधिकारिक आयातकर्ता गोल्छा अर्गनाइजेनश अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी, रोयल इन्फिल्डको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ, आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्स र महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप लाई पनि नयाँ संस्थाको सदस्य बनाउन लागिएको छ । यसले नाडाको ब्याण्ड बाजा बज्ने पक्कापक्की छ ।
अव यतिको लिष्ट देखेपछि तपाईंलाई लाग्न सक्छ- नाडामा बाँकी ठुलो चाहिं को होला त ? यो समयले देखाउने कुरा हो ।
हुन त नाडा फुटेको सन्देश नजाओस भनेर नाडाका बहालवाला अध्यक्षको कम्पनी नै पनि यो संस्थाको सदस्य हुन लागेको चर्चा पनि छ । यदी यस्तो भए अटो क्षेत्रमा अर्को ‘रमाइलो’ हुनेछ । हामीले त गत नाडा अटो शोको बिजोग रमाइलो पनि देखेकै हो, यताको रमिता पनि हेर्दै जाने त होला नि । होइन र ? (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK