×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पदा लघुवित्तमा मनपरी, नक्कली ऋणी खडा गरेर घोटाला, अदालतमा पेश गरेका कागजातसमेत नक्कली !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सम्पदा लघुवित्तमा मनपरी, नक्कली ऋणी खडा गरेर घोटाला, अदालतमा पेश गरेका कागजातसमेत नक्कली !

Artha Sarokar

२३ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्पदा लघुवित्तमा नक्कली ऋणी खडा गरेर लाखौँ घोटाला भएको तथ्य बाहिरिएको छ । संस्थाकै कर्मचारीहरुको मिलेमतोमा नक्कली तमसुक बनाएर लाखौँ रकम निकालेको खुलासा भएको हो ।

लघुवित्तमा पुर्तिघाट शाखामा कार्यरत तत्कालीन सहायक कर्मचारीहरु कुमारी थापा र मुना गाहा मगरले विभिन्न समूह सदस्यहरुका नाममा नक्कली तमसुक खडा गरेर सो तमसुकहरुमा आफैँ वा अन्य सरोकार नभएका व्यक्तिहरुको ल्याप्चे/सही देखाएर संस्थाबाट रकम निकासा गरेका थिए । 

तमसुक किर्ते गरेर लाखौँ हिनामिना गरेको कसुरमा उनीहरुलाई गुल्मी जिल्ला अदालतले कारागार चलान गरेको थियो । तर, ठगी भएको दाबीको रकम संस्थामा जम्मा नहुँदा नहुँदै भयो भन्ने कागज अदालतमा पेश गरेर उनीहरुलाई थुनामुक्त गरिएको पाइएको छ । स्वयम् संस्थाले आफ्ना शाखा कार्यालयहरुलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख छ । 

यतिसम्म कि संस्थामा जम्मा नभएको रकमलाई पुर्तिघाट शाखाका शाखा प्रमुख हर्ष बहादुर बसेल, हाल उर्लाबारी शाखाका शाखा प्रमुख सुदर्शन सिंह ठकुरी र साविक साधना लघुवित्तका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाका लेटरहेड दुरुपयोग गरेर जम्मा भएको देखाएको संस्थाले खुलासा गरेको छ । उनीहरुले अदालतमा पेश गरेको स्टेटमेन्ट पनि नक्कली भएको खुलेको छ । हाल तीनै जनालाई लघुवित्तको सञ्चालक समितिले निलम्बन गरेको छ । 

यसो त कर्मचारी जेल नै जाँदासम्म पनि यो घटना बाहिरिएको थिएन । तर, घटना झन् पेचिलो बन्दै गएपछि र संस्थाले तीन कर्मचारीलाई निलम्बन गरेपछि भने यो घटना बाहिरिएको हो । स्वयम् संस्थाका उच्च अधिकारीहरुले पनि सुरुमा घटना बाहिर नजाओस् भन्ने नै चाहेको स्वीकारेका छन् । तर, संस्थाभित्र मनपरीले हद नाघेपछि र कर्मचारी नै निलम्बन गर्नुपर्ने अवस्था आएपछि भने घटना बाहिरिएको उनीहरुले बताएका छन् । ती अधिकारीहरुका अनुसार सम्पदा लघुवित्तमा यसरी नक्कली ऋणी खडा गरेर रकम अपचलन गरेका अन्य घटनाहरु पनि भेटिएका छन् । जसका विषयमा संस्थाले छानबिन गरिरहेको ती अधिकारीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी