×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मुख्य जाडो’ सकिएपछि सानिमा बैंकले बाँड्यो न्यानो कपडा, कर्मचारी नै भन्छन्- ‘धन्न बैशाखमा बाँडिएन’  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘मुख्य जाडो’ सकिएपछि सानिमा बैंकले बाँड्यो न्यानो कपडा, कर्मचारी नै भन्छन्- ‘धन्न बैशाखमा बाँडिएन’  

Artha Sarokar

२९ माघ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यसवर्ष जाडो छिट्टै सकियो । माघ सकिँदै गर्दा देशभरका अधिकांश ठाउँका नागरिकले जाडो सकिएको महसुस गर्न थालेका छन् । काठमाडौँ लगायत तराईका विभिन्न जिल्लामा दिउँसोको समयमा गर्मी नै हुन थालिसकेको छ । तर, सानिमा बैंकले भने ‘मुख्य जाडो’ नै सकिएपछि न्यानो कपडा वितरण गरेको छ । 

बैंकको मान्म शाखाले कालिकोटको खाँडाचक्र नगरपालिका-१ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो लुगा हस्तान्तरण गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बैंकले जनाएको छ । न्यानो कपडाहरु मान्म शाखाका कर्मचारीद्वारा विद्यार्थीहरुलाई वितरण गरिएको थियो । 

तर, बैंकले ‘मुख्य जाडो’मा दिनुपर्ने न्यानो कपडाहरु जाडो नै सकिएपछि दिएको भन्दै अहिले बैंकको उक्त कार्यको चौतर्फी चर्चा भइरहेको छ । स्वयम् बैंकका कर्मचारीहरुले पनि काम साह्रै राम्रो भए पनि समायानुकुल नभएको प्रतिक्रिया दिएका छन् । 

‘बैंकले साह्रै राम्रो काम गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले न्यानो कपडा वितरण गर्ने कार्य राम्रो हो ।’, बैंकका एक कर्मचारीले भने, ‘तर समय सही भएन । जाडो नै सकिएपछि न्यानो कपडा बाँडियो । धन्न बैशाखमा बाँडिएन ।’ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी