×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हत्या आरोपमा ४७ वर्ष जेल सजाय भोगेपछि निर्दोष ठहर, क्षतिपूर्तिबापत सरकारले २१ करोड दिने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हत्या आरोपमा ४७ वर्ष जेल सजाय भोगेपछि निर्दोष ठहर, क्षतिपूर्तिबापत सरकारले २१ करोड दिने ! 

Artha Sarokar

१३ चैत्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । झुठो हत्याको आरोपमा ४७ वर्ष जेल सजाय भोगेका व्यक्ति निर्दोष ठहर भएका छन् । जापानमा हत्या आरोपमा सन् १९६८ पक्राउ परेर सन् २०१४ सम्म जेल सजाय भोगेका ८९ वर्षीय इवाओ हाकामाता ४७ वर्ष जेल सजाय भोगिसकेपछि निर्दोष ठहर भएका हुन् । 

४७ वर्ष जेल सजाय भोगेर निर्दोष ठहर भएका हाकामातालाई जापान सरकारले क्षतिपूर्तिस्वरुप २१ करोड येन दिने निर्णय गरेको छ । 

४७ वर्ष जेल सजाय बिताएपछि अदालतले सन् २०१४ मा उक्त मुद्दाको पुनः सुनुवाइ सुरु गरेको थियो र सोही क्रममा उनलाई जेलमुक्त गरिएका थियो । उनलाई गत सेम्टेम्बरमा जापानको शिजुओका शहरको एक अदालतले हत्या आरोपमा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । 

लामो समय जेल सजाय बिताएपछि उनलाई अदालतले निर्दोष ठहर गरेसँगै जापान सरकारले उनलाई २१ करोड येन क्षतिपूर्ति दिने निर्णय गरेको हो । क्षतिपूर्तिबापत हाकामाताले पाउने यो रकम जापानको इतिहासमै फौजदारी मुद्दामा दिइएको सबैभन्दा ठूलो क्षतिपूर्ति हो । उनलाई १९६६ मा आफ्नो हाकिम, उनीकी श्रीमती र दुई छोराछोरीको हत्या गरेको, घरमा आगो लगाएको र दुई लाख येन चोरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो । 

पक्राउ परेपछि हाकामाताले सुरुमा हत्यामा आफ्नो संलग्नता नभएको बयान दिएका थिए । तर, प्रहरीको यानतापछि उनले सबै आरोप स्वीकारेको बताइएको छ । त्यस्तै, घटना घटेको समयमा मृतकले लगाएका लुगामा भेटिएको डिएनएहाकामाताको डिएनएसमेत मेल नखाएपछि झुठा प्रमाण बनाइएको पनि अदालतले ठहर गरेको छ । अपराध नै नगरी सजाय लामो समय सजाय भोग्नुपर्दा उनको मानसिक स्वास्थ्य पनि बिग्रिएको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी