काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले सफाइ पाएका छन् ।
सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठा विवरण पेश गरेर पदीय लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिएको हो ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी प्राधिकरणको अध्यक्षबाट निलम्बनमा परेका थिए । हाल भ्रष्टाचार मुद्दामा सफाइ पाए पनि कार्यकाल सकिएकाले उनको पुनर्बहाली भने हुनेछैन ।
अख्तियार स्रोतका अनुसार बीमा प्राधिकरणको अध्यक्ष ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्ने प्रावधान भएपनि सिलवालले ६६ वर्ष पुग्दा पनि पदमै बसेर ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीमाथि अनुसन्धान गर्दा सिलवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ फागुन २४ गते नागरिकता लिएको खुलेको र त्यसपछि उनले २०६६ सालमा नागरिकताको प्रतिलिपि लिएको देखिएको अख्तियारको दाबी थियो । जहाँ सिलवालको जन्ममिति २०१६ कार्तिक २२ गते उल्लेख छ । तर, निजामती सेवा प्रवेश गर्दा उनले आफ्नो जन्ममिति २०१५ साउन १५ गते उल्लेख गरेका थिए । सोही मितिलाई आधार मानेर सिलवालले निजामती सेवाबाट २०७३ साउन १५ गते अवकाश लिएका थिए ।
पछि बीमा प्राधिकरणको अध्यक्ष भएपछि सिलवालले आफ्नो जन्ममिति २०१८ कार्तिक २४ भएको दाबी गरे । सोही विवरण पेश गरेर उनले कूटनीतिक राहदानी, विशेष राहदानी लिएको र व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्