×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी सहकारी ठगी प्रकरणः म्याग्दीका जिसस प्रमुखसहित ५ जना कारागार चलान 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी सहकारी ठगी प्रकरणः म्याग्दीका जिसस प्रमुखसहित ५ जना कारागार चलान 

Artha Sarokar

२२ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी सहकारी ठगी प्रकरणमा पाँच जना कारागार चलान भएका छन् । सहकारीको एक अर्ब १३ करोड रुपैयाँ हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित पाँचजना कारागार चलान भएका हुन् । 

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

कारागार चलान हुनेहरुमा जिसस प्रमुखसमेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन रहेका छन् । 

त्यस्तै, पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेशसँगै अदालतले सहकारी रजिस्ट्रारको कार्यालयसँग समन्वय गरी १५ दिनभित्र सहकारीको आर्थिक कारोबार नियमित गरी अदालतमा जानकारी गराउन पनि सहकारीलाई आदेश दिएको छ । उक्त सहकारी ठगी प्रकरणमा मुद्दा चलेका २५ जनामध्ये फरार रहेका सहकारीका अध्यक्ष यामबहादुर रोकासहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी