काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उर्जामन्त्रीलाई जनतासँग माफी माग्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै पुनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई जनतासँग माफी माग्न सुझाव दिएका हुन् ।
उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेजस्तो जनताको चित्त बुझ्नेगरि काम गर्न नत्र माफी माग्न भनेका छन् ।
विद्युत प्राधिकरण ध्वस्त भए देशको अर्थतन्त्र पनि ध्वस्त हुने भन्दै पुनले मर्न लागेको अवस्थाबाट बाँचेको विद्युत प्राधिकरणलाई उर्जामन्त्री खड्काले मार्न खोजेको आरोप पुनले लगाएका छन् । यतिसम्म की उनले उर्जामन्त्री खड्कालाई विवेकहीन र लोभीपापीको संघ्या दिँदै भित्रभित्रै थुप्रै भ्रष्टाचार गरेको हुनसक्ने बताएका छन् ।
त्यस्तै, पुनले सक्षम व्यक्तिलाई प्राधिकरणबाट हटाएर उर्जामन्त्रीले दिउँसै रात पार्न खोजेको पनि बताएका छन् । उनले चित्त बुझ्दो काम गर्न नत्र जनतासँग माफी माग्न उर्जामन्त्रीलाई सुझाएका छन् ।