Skip to content
LAXMI SUNRISE BANK

मेरो सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्ने, कसरी हुँदैछ तयारी ? 

अर्थ सरोकार

काठमाडौँ । मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा रहेको उक्त सहकारीले बचत फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका बचतकर्ताको बचत फिर्ता गर्ने सहमति गरेको हो । 

चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा आन्दोलित बचतकर्ता र सहकारीबीच सो सहमति भएको हो । 

चन्द्रपुर नगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीको उपस्थितिमा गरिएको छलफलमा हाल कुल बचतको २५ प्रतिशतका दरले अनिवार्य बचत फिर्ता गर्ने सहमति भएको बताइएको छ । उक्त सहमतिमा आगामी तीन महिनादेखि बचतको रकम फिर्ता गर्ने उल्लेख गरिएको छ । 

सहकारी र बचतकर्ताबीच सहमति भएसँगै सहकारीको कार्यालय सोमबार देखि नै खुल्नेछ । सहमतिमा बचतकर्ताका प्रतिनिधिको समन्वयमा असुली भएको ऋणको रकम फिर्ता दिँदै जाने, लेखा परिक्षण तथा साधारणसभा तोकिएको मितिमा सम्पन्न गर्नेजस्ता सहमति गरिएको चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK