Skip to content
LAXMI SUNRISE BANK

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो, प्रत्येक नेपालीको थाप्लोमा ९० हजार बढी ऋण ! 

अर्थ सरोकार

काठमाडौँ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको हो । 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा यस्तो ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो । ८ महिनामा मात्रै सार्वजनिक ऋण २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको छ । 

नेपालको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १५ अर्ब रुपैयाँ छ भने बाह्य ऋण १३ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । फागुन मसान्तसम्म सरकारले १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको साँवा तिरेको छ । 

योसँगै अब प्रत्येक नेपालीको टाउकोमा ९० हजार ३ सय २० रुपैयाँ बराबर ऋण थुप्रिएको छ । यो रकम २०७८ को जनगणना अनुसारको जनसङ्ख्या र वार्षिक वृद्धिदर समेतका आधारमा निकालिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK