काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सिइओमा नियुक्त गरेको हो ।
एनएमबि बैंककै नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) रहेका घिमिरेलाई बैंकले आगामी वैशाख १० गतेदेखि लागू हुनेगरि सिइओ नियुक्त गरेको हो ।
बैंकका हालका सिइओ सुनिल केसीको कार्यकाल वैशाख ९ गते सकिँदैछ । त्यसपश्चात् सिइओको जिम्मेवारी गोविन्द घिमिरेले सम्हाल्नेछन् ।
यसो त बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि अन्य दुई बैंकका डेपुटी सिइओसँग पनि कुरा अघि बढाएको थियो । तर, उनीहरुसँग तलबको विषयमा कुरा नमिलेपछि बैंकले इनहाउसबाटै सिइओ रोजेको हो ।